फूलबारी क्लब पोखराको अध्यक्षमा बास्तोला सर्वसम्मत

हिमाली आवाज । फुलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशन पोखरा–११, फुलबारीमा सम्पन्न भएको छ। अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सविना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन हुनुभयो । सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता पौडेल आचार्य रहनुभएको छ ।

कार्यक्रममा निवर्तमान सचिव युवराज बास्तोलाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सावित्रीकुमारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष जनार्दन बास्तोलाले आफ्नो कार्यकालको पहिलो प्राथमिकता मणिपाल अस्पतालसँगको सहुलियत कार्ड सेवा पुनः सञ्चालन गर्ने रहेको बताउनुभयो । उहाँका अनुसार, मणिपाल अस्पताल स्थापना हुँदाका बेला फूलबारी क्षेत्रका केही घरधुरीलाई दिइएको सहुलियत कार्ड हाल रद्द भएको छ, त्यसलाई पुनः निरन्तरता दिन आवश्यक छ।

Comments
Loading...