अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकीमा नयाँ नेतृत्व,अध्यक्षमा जितु

हिमाली आवाज । अन्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेशको पहिलो भेलाले अमरजंग गुरुङ (जितु) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न भेलाले पोखराका युवा पर्यटन व्यवसायी गुरुङको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार , कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन हुनु भएको हो ।

त्यसैगरी प्रवक्तामा कृष्णप्रसाद आचार्य, अन्य सदस्यहरुमा अस्मिता लामीछाने, भूपेन्द्र कुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, असुतोल प्रधान र सुरेन्द्र कुमार चयन हुनु भएको हो।

महासंघका नवनिर्वाचित अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा युवा उद्यमशीलताको सञ्जाल विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवा उद्यमीहरूको पहुँच र अवसर सृजना गर्न प्राथमिकता दिने पोखराक्लिकलाई बताउनु भयो ।

महासंघका केन्द्रिय अध्यक्ष स्वतन्त्रप्रताप शाहको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । उहाँले नयाँ कार्यसमितिलाई सपथ ग्रहण समेत गराउनु भएको महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण खतिवडाले बताउनु भयो ।

Comments
Loading...