जनप्रिय क्याम्पसमा प्राध्यापकहरूको क्षमता अभिवृद्धि तालिम सुरु

हिमाली आवाज । प्राध्यापकहरूको क्षमता अभिवृद्धिको उद्देश्यका साथ जनप्रिय बहुमुखी क्याम्पस, पोखरामा ६ दिनको तालिम सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोग र जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा सुरु भएको तालिमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्नुभयो।

सो अवसरमा उहाँले तालिमले प्राध्यापकहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने कुरा बताउनुभयो। उहाँले अब सबै क्याम्पसका लागि गुणस्तर सुनिश्चितता अविार्य रहेको जानकारी पनि दिनुभयो। अध्यक्ष अधिकारीका अनुसार विश्वविद्यालय अनुदान आयोगले ’क्रेडिट ट्रान्सफर’ निर्देशिका निर्माण गरी अगाडि बढ्ने र विदेशी विश्वविद्यालयहरूसँग समकक्षता प्रदान गर्नेसम्मको तयारी गरेको छ।
जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष श्री बिरेन्द्र नारायण बिजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बिजुक्छेले यस्तो तालिमले प्राध्यापकहरूको क्षमता वृद्धिमा सहयोग पुग्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा ग्न्ऋ का प्राविधिक सल्लाहकार प्रा.डा. हृदयरत्न वज्राचार्यले प्रविधि र शिक्षाका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। प्राध्यापक डाक्टर पेशल दाहालले तालिमको महत्त्वमाथि प्रकाश पार्दै अनुशिक्षण दिनुभयो। क्याम्पस प्रमुख श्री कृष्णबाबु बरालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै तालिमको महत्त्वबारे प्रकाश पार्नुभयो।

६ दिनसम्म चल्ने यस तालिममा ११ वटा क्याम्पसका प्राध्यापकहरू सहभागी भएका छन्। जसमा जनप्रिय बहुमुखी क्याम्पस, पोखरा बहुमुखी क्याम्पस, गुप्तेश्वर बहुमुखी क्याम्पस, आदिकवि भानुभक्त क्याम्पस (तनहुँ), गलकोट बहुमुखी क्याम्पस (बाग्लुङ), म्याग्दी बहुमुखी क्याम्पस (म्याग्दी), मस्र्याङ्दी बहुमुखी क्याम्पस (लमजुङ), द्रोणशाह बहुमुखी क्याम्पस (गोर्खा), कालिका बहुमुखी क्याम्पस (पोखरा), कन्या बहुमुखी क्याम्पस (पोखरा) र जनज्योति बहुमुखी क्याम्पस (तनहुँ) लगायतका क्याम्पसहरूबाट प्राध्यापकहरू सामेल भएका छन्।

तालिम सञ्चालनको संयोजन तालिम युनिटका सदस्य राजेन्द्र पौडेलले गर्नुभएको थियो। यस्तै, ट्रेनिङ युनिटका सदस्य यम बरालले प्रविधिका विषयमा र डा. पितृराज बास्तोलाले तालिमको कार्यविधिबारे जानकारी दिनुभएको थियो।

तालिममा सहभागी प्राध्यापकहरूलाई विभिन्न समूहमा विभाजन गरी पूर्ण प्रविधिको प्रयोग गरी तालिम दिइएको छ। सहभागीहरूले आफ्नो समूहबाट सिकेका कुराहरूलाई समूहमा प्रस्तुत पनि गरेका थिए। साउन १८ गतेदेखि सुरु भएको यो तालिम ६ दिनपछि समापन हुनेछ।

Comments
Loading...