हिमाली आवाज । जानकी माध्यामिक विद्यालयका विद्यार्थीलाई पोशाक उपलव्ध गराएको छ । सिटीजन बैक न्यूरोड शाखाले सामाजिक उत्तरदायित्वमार्पmत विद्याथलयका ३० जना विद्यार्थीलाई ४२ हजार मूल्य बरावरको खेलकूद पोशाक उपलव्ध गराएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका वीच बैकका शाखा प्रमुख पवन काजी खत्री, विद्यालय व्यवस्थापन समिति, तथा शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुले विद्यार्थीलाई उक्त सामाग्री वितरण गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तुलसी गिरी लगायतले शिक्षाको महत्व माथि प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा विद्यालयको प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल सार्वजनिक गर्दै प्रमथ, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार सहित अविर लगाएर स्वागत गरिएको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।