हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ गण्डकीमा अमृत निर्वाचित

हिमाली आवाज । नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः अमृत घिमिरे हुनुभएको छ। पोखरामा सोमबार सम्पन्न दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट घिमिरेको नेतृवमा नयाँ नेतृत्व सर्वसम्वत चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा बालकृष्ण कोइराला, महासचिवमा भिमसेन क्षेत्री (भीम केसी) र कोषाध्यक्षमा लिला मोहन कुइकेल चयन हुनुभयो । यस्तै सदस्यहरुमा मंगल कुमाल, उमानाथ आचार्य र प्रेमबहादुर घिमिरे निर्वाचित हुनुभयो ।

अधिवेशनको उद्याटन गर्दै नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माले हेभी ईक्विपमेन्ट चालकको लाइसेन्स खुल्न नसक्दा व्यवसायी समस्यामा परेको बताउनुभयो ।अध्यक्ष शर्माले व्यवसायलाई माथी उठाउन देशभरका व्यवसायीलाई एकिकृत गरेर सहकार्य गरिने बताउनुभयो ।

नेपालमा हेभी ईक्विपमेन्टको डिपो संचालन गरिरहेको पोखराको व्यवसायीक घराना अटो वेज प्रालिका संचालक नारायण पैडेलले बजारको माग अनुसारका नयाँ नयाँ इक्विपमेन्टहरु उपलब्ध गराईरहेको बताउनुभयो । कार्यक्रममा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष डा. ताराबहादुर कँुवर, निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ, नेपाल उद्योग व्यापार महासंघ गण्डकीका अध्यक्ष जनक पराजुली, अटो वेज प्रालिका कार्यकारी अधिकृत सन्ध्या पौडेलले भनाई राख्नुभएको थियो ।

नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश अध्यक्षमा अमृत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ कास्कीका अध्यक्ष बालकृष्ण कोइरालाले स्वागत मन्तब्य तथा कास्कीका सचिव भीमसेन केसी (भिम)ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Comments
Loading...