हेभी इक्युपमेन्ट अपरेटर संघको साधारणसभा तथा प्रदेशस्तरीय अन्तरक्रियाको तयारी

हिमाली आवाज । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ पोखरा(कास्की) शाखाको ८ औँ वार्षिक साधारणसभा तथा गण्डकी प्रदेशस्तरीय अपरेटर अन्तरक्रिया कार्यक्रम पोखरामा हुने भएको छ ।

आगामी भदौ २१ पोखरा चाउथेस्थित स्वागत पार्टी प्यालेसमा कार्यक्रमको तयारी गरिएको अपरेटर संघ कास्की शाखाका अध्यक्ष किशोरप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरी कार्य अघि बढाइएको छ ।

साधारणसभाका अवसरमा माध्यमिक शिक्षा परीक्षा(एसइइ) र कक्षा १२ को परीक्षा उत्तीर्ण गर्ने संघका सदस्यहरुका छोरा छोरी मध्येबाट उत्कृष्ट अंक ल्याउने दुई जना नगद सहित सम्मान गरिने कार्यक्रम रहेको जनाइएको छ ।

अध्यक्ष गौतमले अपरेटर संघले सदस्यहरुको हितका लागि धेरै कार्य गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,“सदस्य साथीहरुको सुःख तथा दुःखका अवस्थामा समेत हामी साथमा छौँ । केही अप्ठ्यारो पर्दा मद्धत गरेका छौँ । आगामी दिनमा अझै सदस्यहरुको हक हित र अधिकारका लागि काम गर्नेछौँ ।”

अपरेटर संघ कास्कीले सदस्यहरुको विमा तथा कुनै भवितव्य परेको खण्डमा आर्थिक सहयोगका लागि समेत पलकदमी गर्दै आएको छ । संघले आफ्नै कार्यालय समेत सञ्चालनमा ल्याएको छ । गत वर्ष सम्पन्न संघको अधिवेशनले किशोर गौतमको नेतृत्वमा कार्य समिति निर्वाचित गरेको थियो ।

Comments
Loading...