हिमाली आवाज। नेपाली काङ्ग्रेस माछापुच्छ्रे गाउँपालिका-७ धम्पुसका उपसभापति गाेविन्द भण्डारीले काङ्ग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
भण्डारीलाई आज पाेखरामा आयाेजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयाे।
भण्डारीले काङ्ग्रेसले अहिले लिएकाे नीतिले देशमा सुशासन कायम हुन नसक्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेकोले साे पार्टीमा बस्न मन नलागेको बताउनुभयाे। उहाँले माओवादी केन्द्रले मात्र अब देशमा सुशासन कायम गर्न सक्ने र देश विकास गर्ने बताउनुभयो ।
भण्डारीले विगतमा समेत काङ्ग्रेसका विभिन्न शुभेच्छुक संघ संस्थामा विभित्र जिम्मेवारी निर्वाह गर्नुभएको थियाे।
सोही कार्यक्रममा अन्य विभिन्न पार्टीबाट तथा स्वतन्त्र व्यक्तिहरु समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्ड लगायत अन्य नेताहरुले स्वागत गर्नुभयो ।