हिमाली आवाज । अखिल नेपाल खेलकुद महासंघ कास्कीको तेस्राे सम्मेलन आज पोखरामा सम्पन्न भएको छ । सम्मेलनले वामदेव सुवेदीको अध्यक्षतामा २१ सदस्सीय नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको अध्यक्षमा उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा सोयम्भु कुँवर, सह–सचिवमा मेनुका अधिकारी र कोषाध्यक्षमा सुनील रावल सर्वसम्मत चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा दिनेश नेपाली,सासोक्त हमाल,दया अधिकारी,झकबहादुर पुन,सुवा पुन, सुजल कुँबर,दीपेश सुवेदी,अभिशेक सुवेदी,सुशान्त नेपाली,कृष्ण श्रेष्ठ, हेमन्त भण्डारी, नवराज पराजुली, विपिन पोखेरल र विष्णुप्रसाद सुवेदी रहनुभएको छ ।
सम्मेलनको उद्घाटन नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एव कास्की जिल्लाका इन्चार्ज नेत्रनाथ अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका कास्की जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, नेकपा माओवादी केन्द्र प्रदेश सदस्यहरू भोजराज पौडेल,अमरदीप पराजुली, बलराम सुबेदी, अमरदीप पराजुली तथा गणतान्त्रिक खेलकुद महासंघका संस्थापक उपाध्यक्ष नराज बहादुर खड्का लगायतले खेलकुदका क्षेत्रमा महासंघले सबैले समेटेर लैजान सफल हुने विश्वास व्यक्त गर्दै नयाँ निर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।