पोखराको मुख्य बजार क्षेत्रमा प्रशासनले लगायो कर्फ्यू , हिँडडुल गर्न रोक

हिमाली आवाज । पोखराका मुख्य बजार क्षेत्रमा प्रशासनले कफ्र्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न बजार क्षेत्रमा कफ्र्यू जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित आदेशअनुसार आज बिहान १० :०० बजेदेखि राति १०ः०० बजेसम्मका लागि लागू हुने गरी यो प्रतिबन्ध लगाइएको हो।

विशेष गरी पोखराका संवेदनशील मानिएका चार किल्लाभित्र कुनै पनि आवतजावतका साथै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा र बैठक गर्न निषेध गरिएको छ। यो आदेशको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ । प्रशासनले यसअघि विहान केही क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको थियो ।

Comments
Loading...