संविधान रक्षाका लागि एकजुट हुन कास्की काँग्रेसको आग्रह

हिमाली आवाज । नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ । जेन जीको आन्दोलन पछिको अवस्था बारे छmलफल गर्न बैठक बसेको हो ।
कास्की काँग्रेसका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा पार्टीका केन्द्रीय सदस्य गुरु बराल, शारदा पौडेल, जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश, पालिका सभापतिहरुको बैठक बसेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

“पछिल्लो अवस्थाका बारेमा गम्भिर छलफल भयो । संविधान रक्षाका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिका र आवश्यक तयारी बारे छलफल भएको छ ।” सिग्देलले भन्नुभयो ।

बैठकले पार्र्र्र्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्र मन्त्री डा आरजु देउवा राणामाथि भएको सांघातिक आक्रमण सहित उहाँहरु लगायतका नेताको घर, सार्वजनिक तथा निजी सम्पत्तिमा भएका आगजनी र तोडफोडको निन्दा गर्दै घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकले आन्दोलनका क्रममा दिवंगत हुनु भएका जेएन जीका युुवाहरु, सर्वसाधारण र सुरक्षाकर्मीहरु प्रति श्रद्वाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।बैठकले आफ्ना साथीहरुलाई विचलित नहुन आग्रह गर्दै संविधानको रक्षार्थ एकजुट हुन आग्रह गरेको छ ।

बैठक लगत्तै संविधान रक्षाका लागि एकजुट हुन आग्रह गर्दै पार्टी कार्यालयदेखी वीपी चोकसम्म प्रदर्शन गरिएको प्रवत्ता सिग्देलले जानकारी दिनुभयो ।

Comments
Loading...