पोखराको पर्वतीय दौडमा एक सय बढी खेलाडीले नाम दर्ता गराए

हिमाली आवाज । विश्व पर्यटन दिवस(सेप्टेम्वर २७) आगामी असोज ११ गते देशको पर्यटकीय राजधानी पोखरामा खुला पर्वतीय दौड हुने भएको छ ।
पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार तथा प्रवद्र्धनका तथा खेल पर्यटन प्रवद्र्धनका लागि आयोजित दौड पोखरा–२२ विश्वशान्ति स्तुपबाट सुरु हुनेछ ।

सो दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन हुने आयोजक पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताउनुभयो ।उहाँका अनुसार प्रतियोगिताका लागि मधेश प्रदेशबाहेक अन्य छ प्रदेशबाट गरी एक सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् ।

बरालका अनुसार प्रतियोगितामा दुई सयदेखि दुई सय ५० जनासम्म खेलाडीहरु सहभागी गराउने लक्ष्य छ ।प्रतियोगिता अन्तर्गत आठ किमी पर्वतीय दौड खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्टान तर्फको प्रोत्साहन गरी छ वटा इभेन्ट समावेश गरिएको छ ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद रु ५० प्राप्त गर्नेछन् । यसैगरी द्धितीय, तृतीय, चौथो र पाँचौ स्थान सम्मलाई क्रमश रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीन हजार पुरस्कार पाउने अध्यक्ष बरालले जानकारी दिनुभयो ।

यसैगरी वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेता जनही रु १५ हजार र उपविजेता जनही रु सात हजार सहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय लगायतले सहयोग गरेका छन् ।

Comments
Loading...