जेनजी प्रदर्शनमा आगजनी भएको बगर प्रहरीलाई लायन्स क्लस्टर ४ द्वारा सहयोग

हिमाली आवाज । जेन–जेड प्रदर्शनको क्रममा जलेर ध्वस्त भएको वडा प्रहरी कार्यालय बगरलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत क्लस्टर–४ ले आवश्यक सामग्री सहयोग गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा क्लस्टर–४का तर्फबाट वडा प्रहरी कार्यालयलाई १ थान कम्प्युटर, १ थान प्रिन्टर र आवश्यक इलेक्ट्रिक उपकरणहरू हस्तान्तरण गरिएको हो। सामग्रीहरू डिस्ट्रिक्ट ३२५ एमका गभर्नर धनीराम बरालले निर्माण समितिका संयोजक पुर्षोत्तम श्रेष्ठ र प्रहरी इन्चार्ज यमबहादुर कुवर लाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा डिस्ट्रिक्ट फस्र्ट लेडी विष्णु बराल, डिस्ट्रिक्ट को–अर्डिनेटर भानुभक्त अधिकारी, क्लस्टर प्रमुख कोपिला श्रीस, जोन चेयर पर्सन लक्ष्मी पाण्डेसहित क्लस्टर–४ अन्तर्गतका क्लब अध्यक्षहरू र सामुदायिक सेवा केन्द्रका बगरका अध्यक्ष रामप्रसाद अधिकारीको उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ पोखरा डाउनटाउनका अध्यक्ष ऋषि सुवेदीका अनुसार यो सहयोग सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना अन्तर्गत गरिएको हो । सुवेदीले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व अन्र्गतका सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

Comments
Loading...