हिमाली आवाज । कालिका बहुमुखी क्याम्पस पोखराको ३४औ क्याम्पस सभा मंगलबार सम्पन्न भएको छ । क्याम्पसका संरक्षक तथा पूर्व क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रेम कुमारी के.सीको प्रमुख आतिथ्यता रहेको सभामा के सीले कालिका एक शिक्षाको ज्योती रहेको र यसको प्रकाश देश विदेश सम्म फैलिएको सुन्न र देख्न पाउदाँ यसको परीकल्पना गर्ने र आफ्नो महत्वपूर्ण समय निस्वार्थ भावनाले दिने सस्थापक अध्यक्ष स्व. सूर्य बहादुर के सीको क्याम्पस स्थापना गर्ने जुन उद्देश्य थियो पूरा हुँदै गएको बताउनुभयो । उहाँले ३४ वर्ष गुणस्तरीय शिक्षामा निरन्तरता दिएको क्याम्पस(क्यूएए) को प्रमाणपत्र प्राप्त गरेको र यसको निरन्तरताका लागि क्याम्पसलाई अगामी दिनमा थप सहयोग गर्न प्रतिवद्ध रहेको जनाउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष किारण के.सीले क्याम्पसले तीन दशकको अवधिमा क्याम्पसले जुन प्रगति र उन्नती गरेको छ यसका लागि क्याम्पसमा स्थायीत्व ज्यादै महत्वपुर्ण रहेको बताउनुभयो । सवैले आ–आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर क्याम्पसलाई केन्द्रमा राखी यसको विकासका लागि अगाडी बढ्न उपस्थित सम्पूर्ण संरक्षक र सिनेटरहरुलाई केसीले अनुरोध गर्नुभयो । उहाँले विगत जस्तै आगामी दिनमा हामी सवै एक भएर क्याम्सलाई यस क्षेत्रको प्रतिष्ठीत सामुदायीक क्याम्पसको रुपमा स्थापीत गर्न सवैको सहकार्य र सर्मथन रहने विश्वास व्यक्त गर्नुभयो ।
सभामा आर्थिक वर्ष २०८१÷०८२ को लेखा परीक्षण प्रतिवेदन र आ. व २०८२ ÷०८३को प्रस्तावित वार्षिक बजेट सभामा छलफल पछि पारित भएको छ । क्याम्पस प्रमुख बिरन्जी गौतमले प्रस्तुत गरेको २०८१÷०८२ को वार्षिक प्रगती प्रतिवदेन र प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदन भयो ।
सभामा सस्थापक सदस्य डा. चन्द्र बहादुर गुरुङ्ग, निवर्तन क्याम्पस प्रमुख रबीन्द्रनाथ वास्तोला, उद्योग वाणीज्य संघका अध्यक्ष गोकर्ण कार्की, त्रि वि प्रतिनिधि डा. पितृराज वास्तोला, सिनेटर निसा ठकुरी मल्ल , अक्षयकोष दाता जे वी कुँवर लगाएतले क्याम्पस वर्तमानमा भएका प्रगती प्रति आभार व्यक्त गरी उनीहरुले लेखा परीक्षण प्रतिवेदन, वार्षिक बजेट , क्याम्पसको निति तथा कार्यक्रमलाई खुल्ला रुपमा छलफलमा ल्याएर आर्थिक तथा प्रशासनिक पारदर्शिता कायम राखेकोमा संचालक समिति र क्याम्पस प्रशासनलाई धन्यबाद साथै वधाई दिनुभयो । उनीहरुले क्याम्पसलाई दक्ष र बजारले माग गरेका कार्यक्रम संचालन गरी अवका दिनमा दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताए ।
क्याम्पस सञ्चालक समतिका अध्यक्ष किरण के सी को अध्यक्षतामा भएको कार्यक्रम, सिनेटर माधव प्रसाद बरालले सञ्चालन र स्वागत क्याम्पस संचालक समितिका उपाध्यक्ष तथा पो म न पा वडा नं १४ का वडा अध्यक्ष वोध बहादुर कार्की गर्नुभएको थियो ।
