जेनजी प्रदर्शनमा मारिएका रुपाका अमृतको परिवारलाई रु १५ लाख आर्थिक सहयोग

हिमाली आवाज । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारलाई रु १५ लाख आर्थिक सहयोग गरिएको छ ।
कास्कीको रुपा गाउँपालिका–५ रामादीका का गुरुङलाई नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने सो आर्थिक सहायता रकम मृतक गुरुङका श्रीमती कान्ति गुरुङको खातामा जम्मा गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

सरकारले जेनजी प्रदर्शनका क्रममा मारिएका आन्दोलनकारी र सुरक्षाकर्मीका परिवारलाई रु १५ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तरण गरिएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

प्रहरी सहायक हवल्दार गुरुङको काठमाडौँको प्रहरी प्रभाग कोटेश्वर कार्यरत रहेका बेला प्रदर्शनकारीको आक्रमणबाट गत भदौ २४ गते मृत्यु भएको थियो । उहाँ सात वर्ष अघि प्रहरी सेवामा प्रवेश गर्नुभएको हो ।

परिवारलाई आर्थिक सहायता र सहानुभति दिनका लागि प्रजिअ शर्मा सहित रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, जनप्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुख नविन कार्की लगायतका जिल्ला सुरक्षा समितिका सदस्यहरु घरमै पुग्नुभएको थियो ।

Comments
Loading...