हिमाली आवाज । पोखरा महानगरपालिका–५ प्रस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको आज विहान धारिलो हतियार(चक्कु) प्रहारी गरी हत्या भएको छ ।
हत्या अभियोगमा प्रहरीले पोखरा–१८ सराङकोट घर भई हाल मालेपाटनमा बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान्य विवादमा तिमिल्सिनाले पराजुलीलाई चक्कु प्रहारी गरी आक्रमण गरेका थिए । अचेत अवस्थामा फेला परेका पराजुलीलाई प्रहरीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रनाउ बस्नेतले भन्नुभयो,“प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरेको स्वीकार गरेका छन् । अभियुक्तलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । ”
पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको थियो । मृतक पराजुलीको शव परीक्षणका लागि अहिले अस्पतालमा छ ।


