कालिकाका प्रमुख गौतम बेलायतमा ‘उत्कृष्ट क्याम्पस प्रमुख’ अवार्डबाट सम्मानित

हिमाली आवाज । पोखराको कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरञ्जी गौतम बेलायतमा सम्मानित हुनुभएको छ । लन्डनको युनिर्भसिटी अफ ग्रीनवीचमा “नेपाल एजुकेसन अवार्डस युके २०२५” मा उहाँलाई सो अवार्ड प्रदान गरिएको हो । कालिका क्याम्पस उत्कृष्ट क्याम्पस घोषित भएर सो अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमको आयोजना युनिभसिटि अफ ग्रीनवीचको सहकार्यमा नेपालबाट प्रकाशित हुने कलेज रिडर्स अंग्रेजी मासिक पत्रिकाले गरेको थियो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेले नेपाल बेलायत विचको साझेदारी , ज्ञान सृजना र साझा मूल्यहरुको उत्सवको रुपमा यस्ता अवार्डहरुको महत्व रहेको बताउनुभयो । उहाँले यूनिभर्सिटी अफ ग्रिनवीच र नेपाली शैक्षिक सस्था विच सहकार्यको नयाँ अध्याय शुरु भएकोमा खुशी व्यक्त गर्नु भयो ।

ग्रिनवीच विश्व विद्यालयको प्राङ्कगणमा चौध अक्टोबर२०२५ मा विश्वविद्यालय र कलेज रिडर, नेपालद्धारा संयुक्त रुपमा आयोजित उक्त समारोहको अध्यक्षता भवानी प्रसाद पौडेलले गर्नुभयो । कार्यक्रममा ग्रीनवीच युनिभसिटी र नेपाली युर्निभसिटिका उपकुलपति, पदाधिकारी, क्याम्पस प्रमुख, शिक्षक, शिक्षण संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

कलेज रिर्डसका प्रमुख जितेन्द्र घिमिरेले व्यक्तिगत तथा सस्थागत अर्वाड मार्फत नेपालमा शैक्षिक उन्नयनमा योगदान गर्ने व्यक्तित्वलाई अन्तराष्ट्रिय स्तरमा सम्मानित गदै आएको बताउनु भयो ।

निर्णायक मण्डलका प्रमुख तथा मधेश विश्व विद्यालयका उपकुलपति प्रा. डां दीपक बहादुर शाक्यले अर्वाडका लागि १२० भन्दा बढि नामाकंन प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक उत्कृष्टता, नवप्रर्वतन, नेतृत्व, सामुदायीक संलग्नता अनुसन्धान प्रशान्त विश्व दृष्टिकोणका आधारमा उत्कृष्ट क्याम्पस प्रमुख, शिक्षक र शैक्षिक सस्थालाइ छनौट गरिएको बताउनु भयो ।

यूनिभर्सिटि अफ ग्रिनवीचका कार्यकारी निर्देशक कलेयर म्याथ्युजले नेपालका शैक्षिक सस्था संग दीर्घकालिन सहकार्यका लागि आफ्नो विश्वविद्यालय उत्सुक रहेको बताउनु भयो । कार्यक्रमको अन्त्यमा भवानी पौडेलले धन्यबाद ज्ञापन गदै समारोहको समापन गर्नुभयो । कार्यक्रममा युनिभर्सिटि अफ ग्रिनवीचका प्राध्यापक तथा पदाधिकारीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Comments
Loading...