माछापुच्छ्रेको राष्ट्रपति रनिङ शिल्ड पहिलो पटक बराह माविले चुम्यो

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाले आयोजनामा गरेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बराह माध्यमिक विद्यालयले जितेको छ । माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा अवस्थित बराहले पहिलोपटक उपाधि चुम्न सफल भएको हो ।

यही मङ्सिर ३ गतेदेखी महेन्द्र माविको खेलमैदानमा सञ्चालन भएको रनिङ शिल्डमा १० स्वर्ण, छ रजत र दुई कास्य जितेर बराहले उपाधि जितेको हो । च्याम्पियन बनेको बराह माविले रनिङ शिल्ड सहित नगद रु १५ हजार पुरस्कार पायो । प्रतियोगितामा पालिकाका १० सामुदायिक र दुई संस्थागत विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी छ स्वर्ण,तीन रजत र तीन कास्य पदक जितेर माछापुच्छ«े माध्यमिक विद्यालय द्धितीय भयो । माछापुच्छ«ेले रु १० हजार र ट्रफी पुरस्कार पायो । निष्पक्ष माविले चार स्वर्ण दुई रजत तीन कास्य पदकको साथ तृतीय हुँदै ट्रफी र रु सात हजार पाँच सय पुरस्कार पायो ।

प्रतियोगिताको विजेता विद्यालय तथा खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, छात्र÷छात्रा कवड्डी, एथलेटिक्स ट्रयाक,हाइजम्म, लङजम्म तथा ट्रिपल जम्म लगायतका खेल समावेश गरिएकाे  गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष गुरुङले पालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । “हाम्रो पालिका पर्यटन र खेलकुदमा अग्रणी रहेको छ । खेल र पर्यटनलाई सँगसँगै अगाडि बढाएका छौँ । ” उहाँले भन्नुभयो ।

उपाध्यक्ष सीता अधिकारीले प्रतिस्पर्धात्मक खेलकुद प्रदर्शनहरूले पालिकामा रहेको प्रतिभा, उत्साह र खेलप्रतिको समर्पणलाई अझ उजागर गरिदिएको बताउनुभयो ।
“विभिन्न विधाका खेलाडीहरूबाट देखिएको अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धाले खेलकुदको असली पहिचान झल्कायो। विजेताहरूलाई प्रदान गरिएको पुरस्कारले उनीहरूको मेहनत र क्षमताको कदर मात्रै होइन, भावी यात्रामा थप ऊर्जा र प्रेरणा दिनेछ भन्नेमा विश्वस्त छु ।” अधिकारीले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले विद्यालयस्तरदेखीनै देशका लागि समक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रतियोगिताले मद्धत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ प्रतियोगिताले गाउँ गाउँमा लुकेर बसेका प्रतिभाको प्रस्फुटन र पहिचान हुन्छ । विद्यालयतहदेखीनै खेलकुदमा लाग्ने अभिप्रेरित गरेको छ । ”

Comments
Loading...