लक्ष्मी ई–मोबिलिटीले पोखरामा खोल्यो केई र फोर्थिङको शोरुम

हिमाली आवाज । केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधन (इभी)को अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम सोमबारदेखि पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो । शोरुमको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभयो ।

केई र फोर्थिङ ब्रान्डले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इभीलाई ग्राहकसम्म पु¥याउने कम्पनीले जनाएको छ ।

यसै अवसरमा कम्पनीले ग्रान्ड ओपनिङ अफर पनि सार्वजनिक गरेको छ । अफरमा नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बिमा तथा रोड–ट्याक्स प्याकेज समावेश छन् । त्यसैगरी, प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेज पनि रहेको बताइएको छ । नयाँ सोरुमले पोखराका इभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिने कम्पनीको लक्ष्य छ ।

दिगो यातायात प्रवद्र्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर रिल्याक्स रिचार्ज नेटवर्कमार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ ।

यसमार्फत ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा–सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाइएको कम्पनीको दाबी छ ।
शोरुम सञ्चालनले गण्डकी प्रदेशमा बढ्दै गएको इभी मागलाई ध्यानमा राख्दै ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने जनाइएको छ । लक्ष्मी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकहरूलाई नयाँ सुविधा अवलोकन गर्न र नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न आग्रह समेत गरेको छ ।

Comments
Loading...