एनटिभिएले दियो चार जिल्लाका यातायात व्यवसायी र चालकलाई अभिमुखीकरण तालिम

हिमाली आवाज ।  नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बाग्लुङमा कास्की, पर्वत, बाग्लुङ र म्याग्दीका यातायात क्षेत्रमा कार्यरत व्यवसायी, चालक तथा सहचालकका लागि अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।कार्यक्रमको एक कार्यक्रमका बीच बाग्लुुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुुरुङले उद्घाटन गर्नुुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुुरुङले पर्यटन क्षेत्रमा यातायात व्यवसायीको ठूलो भूमिका हुने बताउँदै गुणस्तरीय सेवा पहिलो सर्त भएको बताउनुुभयो ।
यातायात सेवा दिइरहेका व्यवसायी एवम् कर्मचारीको विदेशी पर्यटकसँग गर्ने व्यवहारले नेपालको पहिचान झल्काउने उल्लेख गर्दै उहाँले राम्रो व्यवहारका माध्यमबाट देशको राम्रो छाप दिनेगरी लाग्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
यातायात साधनहरू इम्बोष्ट नम्बरमा जाँदा पनि पर्यटक यातायातको पहिचान झल्कनुुपर्नेमा जोड दिदै उहाँले यसतर्फ सबैको ध्यान पुुग्नुुपर्ने बताउनुुभयो ।
एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दाहालले एनटिभिए गण्डकीले यातायात क्षेत्रका व्यवसायी, चालक तथा सहचालकलाई यस अघि पनि पोखरामा विभिन्न अभिमुखीकरणका कार्यक्रम गरेपनि यसपटक पोखरा बाहिर बाग्लुुङमा आएर अभिमुखीकरण तालिम प्रदान गरिएको बताउनुुभयो ।
गुणस्तरीय सेवाका लागि आँफूहरू निरन्तर लागिरहेको बताउँदै उहाँले राज्यको पर्यटन यातायातमैत्री नीति हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत युवराज गुुरुङले पर्यटनको विकासले समुदायको जीवनस्तर समेत बढ्ने् बताउँदै यस क्षेत्रको विकासका लागि सम्बद्ध सबैको एकतावद्ध प्रयास हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रको विकासमा यातायत क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै पर्यटन सम्बद्ध सबैको सामुहिक प्रयासमा यस क्षेत्रको विकास गर्न सकिने बताउनुुभयो ।
एनटिभिए गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुुरुङले यातायात सम्बद्ध व्यवसायी र कर्मचारीले गर्ने व्यवहारले पर्यटनमा ठूलो प्रभाव पार्ने बताउँदै त्यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुुभयो ।सेवाको गुणस्रीयता पहिलो सर्त भएको बताउँदै उहाँले हाम्रा आचरण व्यवहार राम्रो हुनुपर्ने धारणा राख्नुुभयो ।
एनटिभिए गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले यातायात सेवालाई प्रभावकारी बनाउनकै लागि यातायात सम्बद्ध व्यवसायी, चालक तथा सह चाालकका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुुभयो ।
अभिमुखीकरणसँगै आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखराबाट बाग्लुुङ, बुर्तिबाङ हुँदै ढोरपाटनसम्मको प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको उहाँले जानकारी दिनुुभयो ।
अभिमुखीकरण कार्यक्रममा पर्यटन विज्ञ दीपेन्द्र पहारीले पर्यटन क्षेत्रमा आतिथ्यता लगायतका विषयमा प्रशिक्षण दिनुुभएको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङका प्रमुख मीनबहादुर कुँवरले ट्राफिक नियक एवम् सुरक्षित यातायात सञ्चालन लगायतका विषयमा प्रशिक्षण दिनुुभएको थियो ।
एनटिभिए गण्डकी प्रदेशकमा अध्यक्ष दाहालको सभापतित्व एवम् महासचिव विकास कंडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले गर्नुुभएको थियो । कार्यक्रममा धौलागिरी–गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश केसी, उद्योग वाणिज्य संघ बाग्लुुङका अध्यक्ष राजन शाक्य लगायतले आ आफ्ना धारणा राख्नुुभएको थियो ।
Comments
Loading...