हिमाली आवाज । गण्डकी ट्याक्टर तथा मिनि ट्रक यातायात प्रालिको अध्यक्षमा डम्बरराज ढकाल सर्वसम्मत चयन हुनुभएको छ ।
पोखरामा आज सम्पन्न प्रालिको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।
उहाँ नेपाल निर्माण व्यवसायी संघ कास्कीको सचिव समेत रहनुभएको छ । यसैगरी प्रालिको सञ्चालकहरुमा रमेश केसी, अर्जुनराज पँगेनी, धर्मजंग गुरुङ, शिरोधर पौडेल, बसन्तराज आचार्य, प्रेम थापा, केशव केसी, रामचन्द्र वस्ती र रामचन्द्र अधिकारी चयन हुनुभयो ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व केन्द्रीय सदस्य भरत गिरीले व्यवसायीक एकतामा जोड दिनुभयो । संस्थाका वरिष्ठ सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अधिवेशनमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका अध्यष नारायण कोइरालाले स्वस्थ्य र मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
साधारणसभामा प्रालिका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु प्रेमबहादुर थापा,नविनराज बास्तोला, निर्वाचन मण्डल संयोजक पदमबहादुर केसी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन अर्जुनराज पंगेनीले गर्नुभएको थियो ।

