नेकपा(एमाले)को अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी

हिमाली आवाज । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा शंकर पोखरेल विजयी हुनुभयो ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार ओलीले १६ सय ६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत ल्याउनुभयो।

त्यस्तै, नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी हुनुभयो । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल एक हजार २२८ मत पाउँदा सुरेन्द्र पाण्डेले नौ सय ९९ मत पाउनुभएको छ ।

यसैगरी पाँच जना उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशःपृथ्वीसुब्बा गुरुङm विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित हुनुभयो । ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित हुनुभयो भने पोखरेल प्यालनका गोकर्णले वाजी मार्नुभयो ।

उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ । ईश्वर प्यानलबाट भट्टराई विजयी हुनुभएको हो ।

Comments
Loading...