पोखरा पर्यटन वर्षका सन्दर्भमा सम्पन्न भयो ‘दुर द पोखरा’

हिमाली आवाज । पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा आज पोखरामा ‘दुर द पोखरा’ साइकल टुर सम्पन्न भएको छ ।
साइकल सिटी पोखराले साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देश सहित आठौँ संस्करणको साइकल टुर गरेको हो । कार्यक्रमले पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरेको बताइन्छ ।

पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित गण्डकी रेन्वो ट्राउट हुँदै पुनः पोखरासम्मको ५१ किलोमिटर साइकल यात्रामा ३२ जिल्लाका करिब नौ सय भन्दा बढी साईक्लिष्टहरु सहभागी भएको आयोजक संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।

‘स्वास्थ्य, वातावरण र पर्यटन’का लागि साइक्लिङको नारा सहित कार्यक्रम गरिएको हो । ‘टुर दी पोखरा’साइकल ¥यालीको माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्यहरु पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीहरुलाई भ्रमण गराई हरित क्रान्तिको सुरुआत गर्नु रहेको श्रेष्ठको भनाई छ ।

कार्यक्रममा विश्व प्रसिद्ध साइकल यात्री पुष्कर शाहले विशेष सहभागिता जनाउनु थियो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले साइकल संस्कृतिको विकास र युवाहरूमा साहसिक पर्यटनप्रति रुचि बढाउने कार्यमा यसले महत्वपूर्ण प्रेरणा मिल्ने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखराको पहिचानलाई विश्वमाझ थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा यस कार्यक्रमले योगदान गरेको प्रमुख आचार्यको भनाई छ ।

उहाँले भन्नुभयो,“साइकल टुरमार्फत पोखराका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन भएको छ । स्वस्थ जीवनशैली, कार्बन उत्सर्जन न्यूनीकरण र वातावरण संरक्षणको सन्देश यसले प्रवाह गरेको छ ।”

महानगर प्रमुख आचार्यले साइकल प्रेमीहरूको सहरका रूपमा पोखरालाई विकास गर्ने गरी नौ वटै ताल जोड्ने एक सय १७ किमी लामो साइकल ट्र्याक निर्माणको क्रममा बताउनुभयो ।

‘टुर दी पोखरा’ कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै इन्धन बचाउन तथा वातावरण स्वस्थ राख्नका लागि समेत योगदान पुगेको साइकल सिटीका सचिव रामचन्द्र भट्टले बताउनुभयो ।

Comments
Loading...