हिमाली आवाज । जानकी माध्यमिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई मानव वेचविखन न्यूनिकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मावन वेचविखन विरुद्धमा अभियान सञ्चालन गर्दै आएको शुभ अवसर ग्राम नेपालद्धारा आयोजित कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का ४० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले सो कार्यक्रमको उद्घाटन गर्दै विभिन्न खाले प्रलोभन देखाएर मानव र मानव अंगहरु बिक्री वितरण गर्न बाध्य बनाउने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
टोल छिमेकमा त्यस्ता कृयाकलाप भएको पहिचान गरि आफु र समाजलाई सचेत गर्न विद्यार्थी वर्गको अहम भूमिका हुने बताउँदै उहाँले गरिविको स्वदेश होस वा विदेशमा मावन तस्कर गर्नेप्रति सिङ्गो समाज सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
शुभ अवसर ग्राम नेपालका कार्यक्रम संयोजक जुनु श्रेष्ठले कार्यक्रममा मानव वेचखिन सम्वन्धी कानूनी अवस्था र समाजले समाजमा खेल्दै आएको भूमिका सम्वन्धमा प्रस्तुती गर्नुभएको थियो ।
संस्थाले पोखरा २५ हेमजामा वाल संरक्षण गृह समेत सञ्चालन गरेको बताउँदै सामाजिक महाशाखा, सिवीन र राष्ट्रिय वाल परिषदबाट सिफारिस गरिएका १८ बर्षमुनीका २४ जना वालवालिकालाई अभिभाकत्व प्रदान गर्दै आएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।
सो अवसरमा अभिमुखि कार्यक्रममा सहभागि विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । संस्थाका अध्यक्ष साहाया जान्सिको अध्यक्षतामा भएको कार्यकममा विद्यालयका प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तुलसी गिरी लगायतले मानव वेचविखका विरुद्धमा सवैको साथ र सहयोगको खाँचो औल्याउनुभयो ।


