हिमाली आवाज । कर्णाली सम्पर्क एवं विकास समाज पोखरामा नयाँ नेतृत्व चयन गरिएको छ । समाजको आज पोखरामा सम्पन्न चौथो अधिवेशनले जसबहादुर बुढाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा राज्यलक्ष्मी न्यौपाने,महासचिव चन्द्रप्रसाद पाण्डे,सचिव सुरेन्द्र खत्री, कोषाध्यक्ष नवराज उपाध्याय र सहकोषाध्यक्ष गंगाप्रसाद न्यौपाने चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा राजेन्द्र लामा, विरेन्द्र आचार्य,मेगा सन्ज्याल र रणबहादुर(सिद्धान्त) शाही र पुष्पराज उपाध्याय चयन हुनुभयो । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीले अथाह पर्यटकीय सम्भावनाको बोकेको कर्णाली प्रदेशको विकासका लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले कर्णाली र पोखराको पर्यटनलाई जोड्ने गरी पर्यटन विकासका कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सुरुूआतमा पाँच जना मिलेर बनाएको संस्थामा अहिले २ सय भन्दा बढी सदस्य बन्नु सुखद् भएको शाहीले उल्लेख गर्नुभयो । “ कर्णाली पर्यटनको धनी प्रदेश हो । रारा ताल जुम्लामा रहेको गिडिदह भैरबनाथ चन्दननाथ डोल्पामा रहेको से फोक्सोन्डो ताल रुकुममा रहेको कमल दह दैलेखमा रहेको श्रीस्थान कालिकोटमा रहेको पाण्डपसिला जुम्लामा रहेको सिंजा सभ्यता लगाएत तमाम सभ्यताका बिषयमा संस्थाले भूमिका खेल्नु पर्छ । ” शाहीले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालले कर्णाली प्रदेशको जुम्लाबाट खस नेपाली भाषाको उत्पति भएकोले हामी सबै पत्रकार ले नेपाली खस भाषाको प्रचार प्रचार मा जुट्नु पर्ने बताउनुभयो ।
संस्थापक अध्यक्ष शम्भुनाथ योगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष जस बहादुर बुढा र सञ्चालन कार्यसमिति सदस्य खगेन्द्र खत्री सुरेन्द्रले गर्नुभएको थियो । कार्यक्रमा संस्थाको संस्थापक सल्लाहकार रामकलि खड्का लाई सम्मान गरिएको थियो ।

