सुजुकीले अहिलेसम्मकै धेरै नगद छुट सहित ल्यायो पर्वोत्सव योजना

हिमाली आवाज । सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको विक्रेता बतास व्रदर्श प्रालिले दशैँ तिहारलाई लक्षित गरी पर्वोत्सव ग्राहक योजना ल्याएको छ ।कम्पनीले अहिलेसम्मकै धैरै नगद छुट सहितका अन्य सुविधा सहित सो अफर ल्याएको जनाएको छ ।

असोज ११ गतेदेखी शुरु हुनेगरी यस दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरिएको र ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट,दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम २० प्रतिशत डाउन पेमेन्ट, एक वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निशुल्क पाउने बतास ब्रदर्श मारुती सुजुकीका विक्री प्रवन्धक नवराज अधिकारीले बताए ।

अधिकारीका अनुसार कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ विक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउनेछन् । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै शोेरूमहरुमा लागू सुजुकीको नेपालको आधिकारिक विक्रेता सिजी होल्डिङ्स अन्तर्गतको सिजी मोटोकर्पले जनाएको छ ।

कम्पनीका अनुसार सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्,वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्,ब्रेज्जा,एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्,इको,इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्रीबितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

Comments
Loading...