लायन्स डाउन टाउनले दियो इन्द्रेणी फुुटबल एकेडेमीलाई खेल सामग्री

हिमाली आवाज । लायन्स क्लब अफ पोखरा डाउन टाउनले पोखराको टुडिखेलमा अवस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रद्धारा सञ्चालित इन्द्रेणी फुटबल एकडेमी लाई फुटबल खेलका सामग्री प्रदान गरेको छ ।

लायन्स डिस्ट्रक ३२५ वि वान का गभर्नर मन बहादुर रोका र डाउन टाउनका अध्यक्ष रेशम बहादुर केसीले केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी तथा एकेडेमीका संयोजक मोहन श्रेष्ठलाई एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गरेका हुन् । फुटबल १२ थान,जाली, बुट लगायतका सामग्री प्रदान गरिएको हो ।

पोखरा को इन्द्रेणी एकीकृत बिकास केन्द्रको सभाहलमा भएको कार्यक्रम मा विश्वमा महामारी फैलिएको कोभिड–१९ को कारण सामाजिक दूरी कायम गरी कार्यक्रम आयोजना गरिएको थियो ।

गभर्नर रोकाले इन्द्रेणी एकेडेमीले रास्ट्रीय खेलाडी उत्पादन गर्न सकोस् भन्ने कामना गरे । क्लबका नयाँ सदस्य राजन श्रेष्ठ लगाएत अन्य सदस्यहरु लाई गभर्नरले पिनेले सम्मान गरेका थिए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष अधिकारीले क्लबले गरेको सहयोगबाट फुटबल खेलमा रुचि राख्ने र सामाग्री अभावमा खेल्न नसक्ने हरुको लागि सहयोग पुगेको बताए ।

राम बहादुर बस्यालले डिस्ट्रीक को उत्कृष्ट क्लब को रुपमा स्थापित डाउन टाउनले गर्ने कार्यहरू कारण सामाजिक कार्यको लागि रुचि जगाउने कार्य गर्दै आईरहेको उल्लेख गरे ।

कार्यक्रममा डाउन टाउनका पूर्वअध्यक्ष हरि प्रसाद पराजुली ,रहमोहन सुवेदी र प्रमोद लामिछाने,क्लबका अध्यक्ष रेशम बहादुर केसी, सचिव अशोक श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comments
Loading...