पोखरामा बैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी नौ वर्षपछि पक्राउ

हिमाली आवाज । बैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले नौ वर्षपछि आज पक्राउ गरेको छ ।

बैदेशिक रोजगारीमा ठगी गरेको मुद्धामा अदालतबाट कैद र जरिवाना तोकिएका पोखरा महानगरपालिका–१६ अर्मला बस्ने ४० वर्षीय हेमप्रसाद गुरुङलाई विहान ८ बजे पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

गुरुङलाई विसं २०६८ साउन ८ गते कास्की जिल्ला अदालतको फैसलाले लगत नं.१२६२ मा दुई वर्ष कैद र रु दुई लाख जरिवाना तोकिएको प्र्रहरीले जनाएको छ ।

पक्राउ परेका गुुरुङमाथि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाइएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय प्रदेशका सबै जिल्लामा विभिन्न मुद्धामा अदालतबाट सजाय तोकिएपछि फरार रहँदै आएका प्रतिवादीहरुलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ ।

Comments
Loading...