नेपालमा सक्रिय संक्रमित २५ हजार नाघे, तत्काल लकडाउन नहुने

हिमाली आवाज । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । आज मात्र देशभर गरी तीन हजार ४३९ नयाँ संक्रमित थपिएका हुन् । जुन संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्नुपर्ने सिफारिस कोरोना संकट व्यवस्था केन्द्र र सरकारलाई सिफारिस गरेको थियो ।

अब भने सक्रिय संक्रमित २५ भन्दा बढी भएपनि तत्कालै लडकाउन गर्ने अवस्था नभएको मन्त्रालयले जनाएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न शैया उपलब्ध हुन्जेल लकडाउन नगरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

अहिले सबैभन्दा धेरै काठमाडौंमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । सरकारले स्वास्थ्य सुरक्षा सर्तकर्ता अपनाउन र सुरक्षा मापदण्डको पालना गर्न आम सर्वसाधारणमा अपिल समेत गरेको छ ।

हालसम्म देशभर कोरोना संक्रमतिको संख्या ९४ हजार २४३ पुगेको छ भने ६८ हजार ६६८ निको भएका छन् । नेपालमा कोरोनाबाट हालसम्म ५७८ पुगेको छ ।

Comments
Loading...