राखेपका सिलवाल र कोइरालाले लिए शपथ

काठमाडौं,१४ साउन । राष्ट्रिय खेलकूद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले मन्त्रालयमा दुबै जनालाई शपथ ग्रहण गराएका थिए ।सिलवाल दोस्रो पटक राखेपको सदस्य सचिव नियुक्त भएका हुन् । २०७६ साल असार २३ गते पहिलो पटक राखेपको सदस्य सचिव बनेका सिलवाल नयाँ ऐन कार्यान्वयनमा आएपछि असार १७ गते पदमुक्त भएका थिए । अहिले नयाँ खेलकुद ऐनअनुसार ४ वर्षका लागि नियुक्त भएका हुन् ।

यस्तै नेपाल तेक्वान्दो युनियनका अध्यक्ष तथा नेपाल खेलकुद महासंघको सहसंयोजक रहेका शिव कोइराला राखेपको उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । उनी १३औं सागमा प्रचार प्रसार समितिका संयोजक थिए ।सदस्य सचिव सिलवालले आफूले अब खेलकूदका बाँकी रहेका अधुरा काम पूरा गर्र्ने प्रतिवद्धता जनाएका छन् ।

Comments
Loading...