तीन दिन देशभरका प्रयोगशालामा पिसिआर परीक्षण बन्द हुने

काठमाडौं । सरकारले दशैँका तीन दिन पिसिआर परीक्षण नगर्ने भएको छ ।

आगामी कार्तिक ९, १० र ११ गते बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन कोरोना परीक्षण पिसिआर परीक्षण नहुने भएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनले ती ३ दिन देशभर पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताए । ती दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिने निर्णय भएको डा. गौतमले जानकारी दिए ।

Comments
Loading...