बाढी पहिराबाट प्रभावित कृषकलाई प्रदेशको कृषि मन्त्रालयले राहत दिने

पोखरा,१६ साउन । बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट पीडित गण्डकी प्रदेशका कृषकहरुलाई सरकारले राहत दिने भएको छ ।

यस वर्ष अविरल वर्षा सहितको पहिरो तथा बाढीका कारण कृषि उपज तथा पशुपन्क्षीको क्षति भएर प्रभावित कृषकलाई राहत दिन लागिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले हिमाली आवाज डटकमलाई जानकारी दिए ।

मन्त्रालयले जिल्लस्थित कृषि ज्ञान तथा विज्ञ केन्द्रबाट प्राप्त सिफारिसका अनुसार रकम प्रदान गर्ने भएकाले पीडित कृषकलाई मन्त्रालयमा निवेदन दिन आग्रह गरेको छ ।

“गण्डकी प्रदेशको बिभिन्न जिल्लाहरुमा धान, फलफूल,गोठ,खोर,पोखरी लगायत पशुपन्क्षी एवं माछामा क्षति भएका किसानहरुले प्रहरी मुचुल्का,स्थानीय सरकार तथा ज्ञान केन्द्र र बिज्ञ केन्द्रको सिफारिस सहित निवेदन कृषि मन्त्रालय पोखरामा पठाउनहुन सबैमा अनुरोध गरेका छौँ।” मन्त्री थापाले भने ।

मन्त्रालयले प्राकृतिक विपत्तिका कारणले हुने क्षतिबाट प्रभावितलाई राहत दिनका लागि आकस्मिक सेवा टेवा कार्यक्रममा बजेट विनियोजन गरेको छ ।

Comments
Loading...