प्रधानमन्त्री ओलीको सहभागितामा नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक दिउसो १ बजेदेखी बालुवाटरमा शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुनुभएको छ । अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली पक्षले आजको बैठक स्थगन गर्न चाहेको थियो ।

ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि प्रधामन्त्री सहितको उपस्थितिमा बैठक शुरु भएको हो ।

Comments
Loading...