मणिपाल अस्पतालमा ३८ वर्षीय कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको निधन भएको छ ।

पर्वतको फलेवास नगरपालिकाका ३८ वर्षीय संक्रमित पुरुषको हिजो राति १२ः१५ बजे उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

ती पुरुषमा गत मंसिर १९ गते संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

Comments
Loading...