सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड

काठमाडौं । सुनको मुल्य वृद्धि हुँदै जाने क्रममा आज नयाँ रेकर्ड कायम भएको छ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाको छ ।

संघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँ बढेको हो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

Comments
Loading...