माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र घरपजोङका उपाध्यक्ष बिबाह बन्धनमा बाँधिदै

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ बिवाह बन्धनमा बाँधिन लाग्नु भएको छ ।

अध्यक्ष गुरुङ र मुस्ताङको घरपजोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार बैवाहिक कार्यक्रम तय गरिएको हो ।

गाउँपालिका अध्यक्ष गुरुङले आफूहरुको मागी बिवाह भएको र परम्परा अनुसारको कार्यक्रम सहित बिवाह बन्धनमा बाँधिन लागेको बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बैबाहिक कार्यक्रमको प्रमुख अतिथि रहनुहुने जनाइएको छ ।

Comments
Loading...