गण्डकी प्रदेश महिला क्रिकेट टिमलाई झोला र ट्रयाक सुट प्रदान

हिमाली आवाज । लुम्बीनि प्रदेशको दाङमा आयोजना हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशको महिला क्रिकेट टिमलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ ।पोखराको न्यूरोडमा रहेको वाइन किङ र सुर्योदय डान्स टे«निङ सेन्टरले खेल सामाग्री सहयोग गरेका हुन् ।

वाइन किङ तथा पूर्व क्रिकेट खेलाडी विरेन्द्र पुनले १७ वटा झोला र सुर्योदय डान्स टेनिंग सेन्टरका कुर्वान अलिले १७ वटा ट्रयाक सुट सहयोग गर्नुभएको हो । पोखरा रंगशालाको क्रिकेट मैदानमा आयोजित कार्यक्रममा झोला र ट्रयाक सुट गण्डकी प्रदेश महिला क्रिकेट टिमका कप्तान सिला रेग्मी क्षेत्रीलाई खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, वाइन किंङका सञ्चाल विरेन्द्र पुन र सुर्योदय डान्स सेन्टरका कुर्वान अलिले हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष एकराज गिरीले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गरेर विजेता बनेर फर्किन शुभकामना दिदै खेलाडीलाई व्यवसायीक प्रतिष्ठानहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कप्तान सिला क्षेत्रीले पहिलो पटक आफुहरुले सहयोग प्राप्त गरेको बताउदै राम्रो खेल प्रर्दशन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द गुरुङ(जिम्मि)ले अनुसासित रुप्ममा खेल प्रर्दशन गरेर उत्कृष्ट प्रर्दशन गर्न खेलाडीलाई शुभकामना दिनुभयो । कार्यक्रममा टिमका प्रशिक्षक गोविन्द प्रधान, दिपेश खत्री लगायतले बोल्नु भएको थियो ।

 

Comments
Loading...