लोडरको बकेटको ठक्करबाट पोखरामा ट्याक्टर चालकको मृत्यु

पोखरा,२१ साउन । पोखरामा आज लोडरको बकेटले लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा घर भई हाल पोखरा–२७ अर्घौचोक बस्ने ३५ वर्षीय दीपेन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ ।वडा नं २९ स्थित सैनिक घाटमा बालुवा निकाल्ने क्रममा ग १ त ६२०९ नंम्वरको ट्याक्टर पानीमा पस्न गई सोही ठाउँमा अवस्थित एक क्रसर उद्योगको ग १ क ३८९४ नम्वरको लोडरले बाहिर निकाल्न खोज्दा अचानक ट्याक्टर चालक गुरुङलाई लोडरको बकेटले ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

ठक्करबाट घाईते भएका उनलाई उपचारको लागि चरक अस्पताल ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको बताइन्छ  ।
प्रहरीले ट्याक्टर, लोडर र लोडर चालकलाई नियन्त्रणमा लिएको तथा घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Comments
Loading...