मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम(तस्वीरहरु सहित)

हिमाली आवाज । टे«किङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ, पोखराको आयोजनामा मादी गाउँपालिकाका विभिन्न पर्यटकीयस्थलहरुको प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ ।

गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रर्बद्धनमा माघ ३ देखी ८ सम्म मादीकाताङतिङ ,क्रपुडाँडा ,क्होलार्सोंथर ,ठुलीलेक, कोरी, क्हफुचे ताल ,सिक्लेस पदयात्रा मार्गको अध्ययन, अनुसन्धान तथा खोज एवं प्रबर्धनात्मक कार्यक्रम गरिएको हो ।

यो टे«कको प्रवद्र्धनका लागी टानका प्रतिनिनिधि, गाउँपालिका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधी, पत्रकारहरु, पेशागत पथप्रदर्शक ,स्थानीय प्रतिनिधीहरु ,स्थानीय पर्यटन व्यवसायीहरु सहितको सहभागिता रहको थियो ।

पदयात्रा खोज, अध्ययन तथा प्रबर्धनको नेतृत्व टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले गर्नुभएको थियो । नेपालको पर्यटनको प्रमुख हिस्सा ओगटने पदयात्रा पर्यटन बिगत केही समययता बिबिध बिषम अबस्थाका कारण धाराशाही हुदै गइरहेको र नयाँ बैकल्पिक पदमार्गहरुको खोजी, पुराना पदमार्गहरुको प्रबद्र्धन र संवद्र्धन हुन नसकेको अबस्थामा टान पोखराले नयाँ गन्तव्यको खोज गरी आवश्यक प्रबद्र्धन गर्ने उदेश्यले यो पदमार्गको खोज गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

भौगोलिक एवं सांस्कृतिक विविधताको पहिचान एवं बिभिन्न जातजाती ,भेषभुषा,रहनसहन,कलासंस्कृति र सम्पदाहरुको समिश्रणको सुन्दरताको पहिचानको संरक्षण,प्र्रवद्र्धन र मुल्याङक गरि पदयात्रा क्षेत्रहरुलाई “पदयात्रा संरक्षण क्षेत्र”को रुपमा बिकास गरी पेशा व्यवसाय र पर्यटन जोगाउदै अधिकतम रोजगारीका अवसरहरु सिर्जना गर्ने लक्ष्य टानको छ ।

 

 

 

Comments
Loading...