पोखरामा स्कुटर चोरी गरेर भाग्दै गर्दा पक्राउ

हिमाली आवाज । पोखरामा प्रहरीले एक जनालाई स्कुटर चोरी गरेको अभियोगमा पक्राउ गरेको छ ।

सोमबार राति ९ः३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं १४ छिनडाँडा स्थित खाजाघरबाट ग ९ प ४०२७ नम्बरको रातो रङको डियो स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरीले स्कुटर सहित चोरीमा संलग्न रुपा गाउँपालिका वडा नं ४ स्यालडाँडा बस्ने २० वर्षीय सन्तोष परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चोरी लगत्तै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट खोजतलास गर्दा ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले वडा नं. २७ डाँडाकोनाक स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा स्कुटर फेला पारेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका परियारलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी चोरी तथा डाँका मुद्धामा थप अनुसन्धानको कार्य अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

Comments
Loading...