माछापुच्छ्रेमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दिउसो अन्दाजी १२ः३० बजेको समयमा घलेलवेशीमा  रिभानबाट लुम्रेतर्फ जादै गरेको ग १४ प ९७५५ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन जाँदा लुम्रे बस्ने वर्ष १८ का लक्की विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका विकको उपचारको लागी फिस्टेल अस्पतालमा ल्याई जेकजाँच गर्ने क्रममा मृत्यु भएको बताइन्छ । घटनास्थलमा प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Comments
Loading...