अविलम्व खोपको व्यवस्था गर्न डेरी एशोसिएसन गण्डकीको माग

हिमाली आवाज । नेपाल डेरी एशोशिएसन गण्डकी प्रदेशले डेरी उद्यमी तथा कर्मचारीहरुलाई अविलम्व खोपको व्यवस्था गर्न गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयमा लिखित माग गर्दै एशोशिएसनले अत्यावश्यक सेवा अन्तर्गत रहेको डेरी उद्योगमा कार्यरत र विक्री वितरणमा रहेका कर्मचारीहरुलाई खोपको व्यवस्था गर्न आग्रह गरेको हो ।

एशोशिएसनका अध्यक्ष शिवहरि आचार्यले दूग्ध क्षेत्रलाई अत्यावश्कीय सेवा अन्तर्गत सरकारले राखेकाले उद्योग सञ्चालन तथा दुध संकलनलाई जुनसुकै बेला पनि जुनुसुकै बेला सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार निषेधाज्ञाका अवधिमा पनि हाल उद्योगहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

उद्योग सञ्चालन गर्दा विक्री वितरणका कर्मचारी तथा सञ्चालकहरु कोभिड १९ संक्रमित भएको तथा कोहीको निधन समेत गएकाले कोभिड १९ खोप उपलव्ध गराउन प्रदेश सरकारसँग माग गरिएको आचार्यको भनाई छ ।

Comments
Loading...