मुख्यमन्त्री नेपालीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यही असार ४ गते संसदमा विश्वासको मत लिनुहुने भएको छ ।

गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त पोखरेलले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लाग्नु भएको हो । विश्वासको मत लिने सम्बन्धी सूचना संसद सचिवालयमा दर्ता भइसकेको छ ।

मुख्यमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेको समर्थन छ ।

मुख्यमन्त्रीको शपथ लिएको दिन काँग्रेस, माओवादी, जसपा र स्तन्त्र राजीव गुरुङलाई समेटेर मन्त्रिमण्डल गठन गर्नुभएका उहाँले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छैन । त्यसैगरी मन्त्रिपरिषद्ले पनि पूर्णता प्राप्त गर्न सकेको छैन ।

गण्डकीमा ११ मन्त्रालय छन् । मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिएपछि मन्त्रिमण्डलको पूर्णता र कार्यविभाजन गर्ने तयारी गुर्नभएको बताइन्छ ।

Comments
Loading...