गर्भवतीलाई कुटपिटपछि सातमहिने शिशुको मृत्यु

काठमाडौँ,३२ साउन । रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमानको कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ ।

कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कुटाइबाट पीडित महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको बताइएको छ ।

Comments
Loading...