गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हिमाली आवाज । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र देशका अधिकांश भू–भागमा, आंशिकदेखि सामान्य बदली रहेको बताइन्छ ।

बुधबार देशभर सामान्य बदली हुने महाशाखाले जनाएको । गण्डकी प्रदेशसहित, सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्छ ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ ।

प्रदेश १ र २ का एक–दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

Comments
Loading...